मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्ध्याको यादमा तड्पिए कुशल र पुकार

फिल्मीखबर, काठमाडौं, 2017/12/18
 
पुष १४ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा उत्रिन लागेको फिल्म ‘ह्याप्पी न्यू ईयर’को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘मुटु’ बोलको गीतमा किरण माइकलको शब्द तथा संगीतमा सनुप पौडेलको स्वर रहेको छ । कलाकार कुशल थापा, सन्ध्या केसी र पुकार गौतम गीतको भिडियोमा फिचर छन् । 
 
सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यस फिल्मलाई देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मको छायांकन अष्ट्रेलियन नागरिक बेन्जामिन ड्रेले गरेका हुन् । 
 
अंग्रेजी नयाँ वर्ष सन् २०१८ लक्षित फिल्म ‘ह्याप्पी न्यू ईयर’ लाई लिएर कलाकार कुशल थापा निकै आशवादी देखिएका छन् । आधा दर्जन फिल्ममा अभिनय गरिसकेका कुशलले ‘ह्याप्पी न्यू इयर’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । 
 
यस्तै, नायिका सन्ध्याले पनि फिल्म राम्रो बनेको भन्दै यसपटकको नयाँ वर्ष ‘ह्याप्पी न्यू ईयर’ हेर्दै मनाउन दर्शकलाई आग्रह गरेकी छिन् । फिल्मको प्रचार-प्रसारलाई आक्रामक बनाउन निर्माण यूनिट पौष ४ गते स्ट्रिट कन्सर्टका लागि मोफसल जाने तयारीमा छ । यो फिल्मलाई रति थापाले निर्माण गरेकी हुन् ।
 
भिडियो :-