मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म बनाउँदै ‘ठूल्दाई’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/18
 
नेपाली फिल्मका ‘ठूल्दाई’ उर्फ शिव श्रेष्ठले अब फिल्म निर्माण गर्ने भएका छन् । लामो समयदेखि अभिनय यात्रामा सक्रिय शिवले आफ्नो लगानीमा पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् । नाम जुराइसकिएको फिल्मको छायांकन माघ अन्तिम साताबाट सुरु हुन सक्ने स्रोत बताउँछ ।
 
फिल्ममा शिव श्रेष्ठ भने निर्माताको रुपमा मात्र रहनेछन् । स्रोतका अनुसार, फिल्मका लागि अहिले नायक द्वय पल शाह र सौगात मल्लसँग लिड रोलका लागि छलफल भइरहेको छ । यी दुवै नायक फिल्म गर्न सकारात्मक देखिएका छन् । फिल्ममा नायिका पनि नाम चलेकै हुने बताइएको छ ।
 
लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा शिवले आफ्ना भतिज मनिष सुन्दर श्रेष्ठलाई पनि मुख्य भूमिकामा अनुवन्धित गरेको चर्चा छ । फिल्ममा मल्टिस्टार कलाकारहरु हुनेछन् । शिवले 'बागमती' निर्माता दिनेश दर्शनधारीसँग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् ।
 
खबरअनुसार, फिल्मलाई 'मन्दिरा' निर्देशक दिपेश सापकोटाले निर्देशन गर्ने लगभग कन्फर्म भइसकेको छ । केहीदिन भित्रै फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ ।