मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोवाइलबाट फिल्म खिच्नुस्, पुरस्कार जित्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2017/12/18
 
सर्वनाम थिएटरले 'मोवाइल फिल्म प्रतियोगीता' आयोजना गर्ने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच 'दृश्यांश' को दोस्रो संस्करण घोषणा गरियो । प्रतियोगितामा निश्चल बस्नेत, अभिनाश विक्रम शाह र दिपक रौनीयार र सुशिल पौडेल निर्णायक रहेका छन् ।
 
प्रतियोगीताको बारेमा जानकारी दिँदै 'दृश्यांश'को संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधिको कारणले खुम्चिएका पुस्तालाई यो प्रतियोगीताले मुलधारमा ल्याउन सहयोग गर्ने बताइन् । 
 
उनले भनिन्, ‘मोवाइल फिल्म प्रतियोगीता नेपालमा नयाँ सुनिएपनि विश्वमा यस्ता प्रकारका महोत्सब धेरै हुने गर्छन् । 'दृश्यांश' को पहिलो संस्करणमा करीब ४०० फिल्म आएको र उत्साहजनक सहभागीता भएका कारण नै दोस्रो संस्करण गर्न लागेका हौं ।’ 
 
कार्यक्रममा बोल्दै निर्देशक निश्चल बस्नेतले कुनैबेला आफूले फिल्म बनाउने सोच्दा प्लेटफर्म नपाउँदा धेरै भौतारिरहेको र प्रविधि अभावमा खुम्चिनु परेको तितो अनुभव सुनाए । उनले यस्ता प्रतियोगीताले फिल्म बनाउन चाहने तर प्रविधीको कारणले खुम्चिएका प्रतिभालाइ मूलधारमा ल्याउने बताए ।  
 
यो प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले मोवाइलबाट खिचेर बनाइएको फिल्म आयोजकलार्इ बुझाउन सक्नेछन् । फिल्मको अधिकतम समय ३ मिनेट हुनु पर्नेछ । प्रतियोगीतामा पहिलो पुरस्कार नगद ७५ हजार, दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव रहेको छ । 
 
साथै, उत्कृष्ट फिल्महरुलाई सिनेमाघर एपमा राखिने र धेरै हेरिएको फिल्मलार्इ अडियन्स च्वाइस अवार्ड आइप्याड ९.७ इन्च प्रदान गरिनेछ । प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले माघ १७ गते सम्म सर्वनाम थिएटर कालिकास्थान वा [email protected] मा फिल्म पठाउन सक्नेछन्।