मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोइनको नाममा रह्यो ‘२०१७’

एजेन्सी, मुम्बई, 2017/12/18
 
केहीदिन भित्रमा नै २०१७ ले सधैका लागि विदा लिँदैछ । यस वर्ष बलिउडका लागि भने निकै सुखद रह्यो । ठूला स्टार भनिएका फिल्मले बक्स अफिसमा खासै कमाल गरेनन् भने साना बजेटका फिल्मले दर्शकको मन जित्यो । तर, यस वर्ष फिल्ममा फिमेल लिड रोलमा रहेको फिल्मको भने जर्बजस्त पकड रह्यो ।
 
चाहे नाइट आरजे बनेकी ‘तुम्‍हारी सुलु’ होस् वा फेरि अमेरिकामा चोरी गर्ने ‘सिमरन’ नै किन नहोस्, जसमा हिरो नायिका थिए । हिन्दी फिल्ममा फिमेल लिड रहेको फिल्मलाई खासै दर्शकको साथ मिल्दैन । तर, यस वर्ष फिमेल लीड फिल्मले तपाईलाई हँसायो, रुवायो र एक्सनको मज्जा पनि दियो । 
 
हेर्नुहोस्, २०१७ मा कुन फिमेल लिड फिल्मले दर्शकलाई सिनेमा घरसम्म तान्न सफल भए ?
 
 
‘नाम शबाना’ 
यो फिल्म 'बेबी'को प्रिक्‍वेल थियो, जसमा शबाना बनेकी तापसी पन्नूको 'र' को एजेन्ट बनेको कहानी देखाइएको थियो । यो फिल्ममा तापसी पन्नू जर्बजस्त एक्सन गर्दै देखिएकी थिइन् । फिल्‍ममा अक्षय कुमार पनि गेस्ट रोलमा थिए ।
 
 
‘सिमरन’ 
यो फिल्मको हिरो थिइन् कंगना रनौत, जसको अन्दाजलाई दर्शकले निकै रुचाए । ‘सिमरन’ बक्स अफिसमा सफल त भएन तर कंगनाको रियलिस्टिक एक्टिङलाई आलोचकले समेत निकै मन पराए ।  
 
 
‘लिपस्टिक अन्डर माई बुर्का’
चार महिलाको लुकेको भावनालाई व्यक्त गरेको यो फिल्मको कहानीले भारतमा रिलिज अगाडि नै हंगामा गरेको थियो । यो फिल्मलाई तत्‍कालीन सेन्सर बोर्डका अध्यक्ष पहलाज निहालनीले भारतमा ब्यान गरिदिएका थिए । तर, सुप्रीम कोर्टको आदेशपछि यो फिल्म रिलिज भएको थियो ।  
 
 
‘सिक्रेट सुपरस्‍टार’ 
आमिर खानको प्रोडक्‍शनमा बनेको यो फिल्ममा आमा र छोरीको कहानी देखाइएको थियो । एक यूवतीको संगीतप्रतिको लगनशिलत र यूट्यूबमा आफ्नो भिडियोमा हालेर सिक्रेटली सुपरस्‍टार बनेको यो कहानीमा जायरा वसीमलाई खुब तारिफ मिल्यो । 
 
 
‘मम’ 
यस वर्ष ‘मातृ’ र ‘मम’ दुई फिल्म रिलिज भयो, जसमा एक आमाले आफ्नी छोरीमाथी भएको बलात्‍कारको बदला लिएको कहानी देखाइएको थियो । ‘मातृ’मा रवीना टन्डन देखिएकी थिइन् भने ‘मम’मा श्रीदेवीको जर्बजस्त अभिनयले सबैको मन जितेको थियो । ‘मातृ’ र ‘मम’ फिल्मको विषयमा सबैको एउटै प्रतिक्रिया भएपनि तारिफको वर्षा पनि यी दुई फिल्मले नै पाए । 
 
 
‘तुम्‍हारी सुलु’ 
विवाहपछि एक साधारण हाउस वाइफको नाइट आरजे बनेको कहानीलाई दर्शकहरुले निकै रुचाए । ‘तुम्‍हारी सुलु’मा विद्या बालन, नेहा धूपिया र मलिष्‍काको अभिनयको सर्वत्र तारिफ भएको थियो ।