मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फोटोमा हेर्नुहोस् ‘लालपूर्जा’का कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2017/12/17
 
माघ ४ गते रिलिज हुने फिल्म ‘लालपूर्जा’का केही तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तस्बिरमा अभिनेता सौगात मल्ल, विपिन कार्की र कामेश्वर चौरसियालाई विल्कुलै फरक गेटअपमा देख्न सकिन्छ । मिस्टिक ड्रामा भनिएको ‘लालपूर्जा’मा दुई दाजुभाइको लालपुर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाउन खोजिएको छ । 
 
‘भौतिक पदार्थको महत्व सकिएपछि उत्पन्न हुने आध्यात्मिकता यसको कथावस्तु हो’, फिल्मका निर्माता एवं अभिनेता विक्रमसिंह थारुले भने, ‘फिल्म हार्डकोर मेनस्ट्रिमबाट हटेर कलाको खोजीमा उत्रिएको छ ।’ उनले उमेश श्रेष्ठसँग मिलेर संयुक्तरुपमा यो फिल्म निर्माण गरेका हुन् । 
 
लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ पनि फिल्ममा विशेष भूमिकामा देखिनेछन् । नरेन्द्र मैनाली फिल्मका छायाँकार हुन् । फिल्मलाई लमजुङमा सुट गरिएको हो । निर्देशक निगम श्रेष्ठले ‘लालपूर्जा’का लागि थारुसँग मिलेर कथा लेखेका हुन् । 
 
 
फिल्ममा सौगात मल्ल, बिपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरासिया, मिरुना मगर, मेनुका प्रधान, कमलमणी नेपाल, मिश्रि थापा र अनिल पाण्डेको अभिनय छ ।