मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दाइजो प्रथा विरुद्धको ‘राज्जा रानी’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/17
 
बिबाहको समयमा बेहुली तर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई दाईजो भनिन्छ । यसलाई तराई तथा मधेसमा ‘दहेज’ पनि भन्ने चलन छ । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरु जस्तै फर्निचर, लत्ताकडा पनि दाईजोमा दिने चलन छ ।
 
दाईजो प्रथाले समाजमा असामनता, उत्पिडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधहरुलाई मलजल गरिरहेको छ । दिनहूँजस्तो हाम्रो समाजमा घट्ने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटनाहरु यसका ज्वलन्त प्रमाणहरु हुन् ।
 
यही विषयमा निर्माण भएको फिल्म ‘राज्जा रानी’ पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई 'भोर' नामक संस्थाले मैथिली भाषामा प्रदर्शन गर्ने अधिकार किनेको छ ।  आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा 'भोर' संस्थाका अध्यक्ष राजकुमार महत्तोले तराई क्षेत्रमा व्याप्त दाइजो प्रथालाई निर्मुल पार्न ‘राज्जा रानी’ले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । 
 
उनले भने, ‘मनोरञ्जनको माध्यमबाट भएपनि समाजमा एउटा सन्देश दिन सकिन्छ भन्ने उद्येश्यले 'भोर' संस्थाले ‘राज्जा रानी’लाई मैथिली भाषामा डब गरेर प्रदर्शन गर्न लागेको हो ।’ 'भोर'ले लामो समयदेखि बाल विवाह र दाइजो प्रथा विरुद्ध सन्देशमुलक अभियान चलाउँदै आएको छ । 
 
निर्देशक यम थापाले ‘राज्जा रानी’ पूर्ण रुपमा मनोरञ्जनात्मक फिल्म भएपनि समाजमा सन्देश पनि प्रवाह गर्ने बताए । फिल्मका निर्माता रमेश एमके पौडेलले ‘राज्जा रानी’ सन्देशमुलक फिल्म रहेको बताउँदै दाईजो प्रथाको अन्त्यका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गरे । उनका अनुसार, भोलीबाट फिल्मको प्रचार-प्रसार मोफसलबाट सुरु हुँदैछ ।  
 
यस्तै, ‘बर्थ डे गर्ल’ नायिका केकी अधिकारीले पनि फिल्मले दाईजो प्रथा अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताइन् । यो फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो फिल्म मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ ।