मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बर्थ डे’ केक काट्दै केकीले भनिन्, ‘आज म बच्चा हुने दिन’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/17
 
रियालिटी शो, म्युजिक भिडियो हुँदै ‘स्वर’बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले आइतवार आफ्नो जन्मदिन मनाएकी छिन् । कुशल अभिनय गर्ने नायिकाको रुपमा आफूलाई स्थापित गराएकी केकीको जन्म २०४६ साल पुष २ गते जोरपाटी काठमाडौंमा भएको थियो । 
 
पिता बद्री अधिकारी (फिल्म निर्देशक) र माता लक्ष्मी अधिकारीकी उनी पहिलो सन्तान हुन् । आइतवार आफू अभिनीत फिल्म 'राज्जा रानी'को टीमसँग ‘बर्थ डे’ केट काट्दै केकीले जन्मदिनको दिनमा सबैजना आफूलाई बच्चा महशुस गर्ने बताइन् । 
 
 
उनले भनिन्, ‘यो दिन सबैका लागि विशेष हुन्छ । हामी जन्मदिनको दिन बच्चा हुन पाउँछौं । केक काट्न, उफ्रिन, वेलुन फुटाउन पाइन्छ । यसैले पनि जन्मदिन मेरा लागि विशेष हुन्छ ।’ पहिलो पटक 'कोहलपुर एक्सप्रेस'बाट फिल्म निर्माणमा समेत हात हालेकी केकी अभिनीत 'राज्जा रानी' पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
'फन्को', 'भाग् सानी भाग्', 'लभ सासा', 'घामपानी', 'आई एम सरी', 'श्री ५ अम्बरे', 'मसान' लगायतका फिल्ममा अभिनय गरेकी केकीले दर्जन बढी अवार्ड समेत हात पारिसकेकी छिन् । कुशल अभिनयसँगै उनी नेपाली फिल्म क्षेत्रमा सबैभन्दा धेरै अध्ययन गर्ने अभिनेत्री समेत हुन् । उनले प्रसिडेन्सियल बिजनेस स्कूलबाट आफ्नो एमबीए सकाइसकेकी छिन् । 
 
 
कुशल अभिनय क्षमता भएकी केकीलाई जन्मदिनको लाखौंंलाख शुभकामना ।