मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमाललाई ओलीले भने, ‘हिरोहरु अब देश बनाउन लाग्नु पर्‍यो’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/16
 
अभिनेता राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा शुभकाना दिएका छन् । शनिबार ओली निवास बालकोट पुगेर हमालले ओलीलाई प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएको र वामगठबन्धनले दुईतिहाई ल्याएकोमा बधाई र प्रधानमन्त्री बन्नका लागि शुभकामना दिएका हुन् ।
 
अध्यक्षसँगको भेटमा हमालले ओलीको राष्ट्रियताको अडानप्रति आम नेपाली उत्साहित भएको बताए । भेटमा हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई अग्रिम शुभकामना पनि दिएका छन् ।
 
यस्तै, हमालसँगको भेटमा ओलीले अभिनेताहरुले फिल्ममा मात्र अभिनय गरेर देश समृद्ध नहुने बताउँदै देश बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे । पहिलो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेको झन्डा बोक्दै आफ्नो हितैषी मित्रलाई जिताउन गल्लीगल्ली डुलेपछि हमाल एमाले निकट रहेको चर्चा सिनेवृत्तमा 'हट केक' बनेको थियो ।