मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कृ’ ट्रेलरको किर्तिमानी रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2017/12/16
 
अनमोल केसी स्टारर फिल्म ‘कृ’को प्रतिक्षा झन्डै डेढ वर्षदेखि व्यापक रुपमा भइरहेको छ । यसैबीच फिल्मको ट्रेलर निर्माण पक्षले शुक्रवार साँझ युुट्युबमा सार्वजनिक गर्‍यो । इन्टरनेटमा रिलिजसँगै ‘कृ’ ट्रेलरले लाखौं भ्यू पाइरहेको छ । योसँगै ट्रेलरले युट्युबमा नेपाली फिल्मको ट्रेलरले यसअगाडि बनाएको सबै रेकर्डलाई तोडिदिएको छ ।
 
यसअघि सबैभन्दा चाँडो युट्युबमा सर्वाधिक हेरिने ट्रेलरको रेकर्ड फिल्म 'ए मेरो हजुर २' को नाममा थियो । फिल्मको ट्रेलरले युट्युबमा सार्वजनिक २४ घण्टामा साढे ५ लाख बढी भ्यू पाएको थियो । तर, ‘कृ’ले युट्युबमा यो रेकर्ड पनि तोडेको छ । यसलाई, सार्वजनिक भएको २२ घन्टामै ६ लाखभन्दा बढी पटक हेरिएको छ । 
 
फिल्मको ट्रेलर सार्वजनिक भएको १९ घन्टामै नेपालमा युट्युब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक हेरिएको पहिलो ट्रेलर नै ‘कृ’को बनेको छ । ट्रेलरलाई २८ हजार लाइक र २ हजार डिसलाइक मिलेको छ । ६ हजारभन्दा बढी कमेन्ट प्राप्त ‘कृ’ ट्रेलरलाई अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । 
 
अनमोलको क्रेज फिल्मको ट्रेलरले बनाएको किर्तिमानी रेकर्डले नै प्रष्ट पार्छ । यो फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र एङ्ग्री अवतारलाई खुब रुचाएका छन् । ‘कृ’को अर्थ रिभेन्ज हुन्छ । 
 
ट्रेलर हेर्नुहोस् :-
 

 
सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । 
 
सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।