मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रतिमिनेट १ करोडमा नाच्दै प्रियंका

एजेन्सी, मुम्बई, 2017/12/16
 
बलिउडदेखि हलिउडसम्म नाम कमाइसकेकी अभिनेत्री प्रियंका चोपडा इन्टरनेशनल आर्टिस्‍ट बनिसकेकी छिन् । प्रियंकाको फ्यान्सको संख्या जति इन्डियामा छ, त्योभन्दा कम छैन विदेशमा पनि । उनले दुईपटक अमेरिकन टिभीको प्रतिष्ठित अवार्ड 'पीपुल्‍स च्वाइस अवार्ड' जितिसकेकी छिन् । यदी प्रियंका कुनै इभेन्टमा जानु परे कति रकम लिन्छिन् होला ? 
 
मीडिया रिपोर्ट्सका अनुसार, प्रियंका चोपडालाई ‘जी सिने अवार्ड्स २०१७’ मा लिने प्रयास भइरहेको छ । एक प्रमुख वेब पोर्टलको रिपोर्ट अनुसार, प्रियंकालाई ‘जी सिने अवार्ड्स २०१७’ को इभेन्टमा ५ मिनेट डान्स परफर्मेन्सका लागि लगभग ५ करोड दिइँदैछ । 
प्रियंका चोपडाले स्टेजमा लगभग पाँच मिनटसम्म परफर्म गर्नेछिन् । प्रियकाको पपुलारिटीलाई मध्येनजर गर्दै च्यानल पनि उनको माग पूरा गर्न तयार भएको हो । यसको मतलव प्रियंकाको परफर्मेन्सका लागि यो शोका अर्गनाइजरले प्रतिमिनेटको एक करोड दिनेछन् ।  
 
प्रियंका यस वर्ष आफ्नो पहिलो हलिउड फिल्म 'बेवाच'मा देखिसकेकी छिन् । योसँगै उनी यस वर्ष आफ्नो अमेरिकन टिभी शो 'क्‍वान्टिको'को तेस्रो सीजन लिएर आउँदैछिन् । प्रियंका यो शोमा मुख्य भूमिकामा देखिँदैछिन् । हालैमा 'देसी गर्ल'लाई ब्रिटेनमा एशियाको 'सबैभन्दा सेक्सी महिला'को रुपमा चुनिएको छ ।