मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सेतो सूर्य’ अस्कर अवार्डबाट बाहिरियो

फिल्मीखबर, काठमाण्डौ, 2017/12/16
 
नेपालमा राम्रो चर्चा बटुलेको फिल्म ‘सेतो सूर्य’ विश्व प्रसिद्ध अस्कर अवार्डको दौडबाट बाहिरिएको छ । अस्कर अवार्डको विदेशी भाषा विधातर्फको लागि ९ फिल्महरु छानिएका छन् । जसबाट नेपाली फिल्म ‘सेतो सूर्य’ बाहिरिएको छ ।
 
९२ फरक भाषाको फिल्महरु मध्येबाट 'अ फ्यानटास्टिक वुमन' (चिली), 'इन द फेड' (जर्मनी), 'अन बडी एण्ड साउल' (हंगेरी), 'द स्क्वायर' (स्विडेन), 'द इन्सल्ट' (लेबनन), 'फेलिसाइट' (सेनेगल), 'लभलेस' (रसिया), 'द वाउन्ड' (साउथ अफ्रिका) र 'फक्सट्रट' (इजरायल) मात्र चयन भएका छन् । यी नौवटा फिल्मबाट पनि उत्कृष्ट ५ छानिनेछन् । 
 
मार्च ४, २०१८ मा भव्य समारोहका बीच विजेताहरुलाई अस्कर अवार्ड वितरण गरिनेछ ।