मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अदिती भन्छिन्, ‘मलाई सनीसँग दाँज्नु गलत’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/16
 
भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो । 
 
केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय मिडियामा छाउनु अनौठो थिएन तर बलिउडकी 'हट' नायिका सनी लियोनीसँग दाँजिएपछि भने उनको चर्चा झन चुलियो । भारतीय मिडियाले भिराएका ट्याग अदितीलाई भने कस्तो लाग्यो ? 
 
शुक्रवार ‘कृ’को ट्रेलर रिलिज कार्यक्रममा पहिलो पटक मिडिया फेस गरेकी अदितीले भनिन्, ‘मलाई सनी लियोनीसँग दाँजेकोमा दुःखी छु । म सधै अदिती बुढाथोकीको रुपमा आफूलाई परिचित गराउन चाहन्छु ।’ ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीले पनि अदितीको कामको खुलेरै प्रशंसा गरे । अनमोल भन्छन्, ‘अदिती निकै मिहिनेत गर्छिन् । म उनको कामबाट प्रभावित छु ।’ 
 
डेब्यू फिल्म नै अनमोलसँग स्क्रिन शेयर गर्न पाउनु आफैंमा सबैभन्दा ठूलो सफलता हो । अनमोलसँग काम गरेका नायिकालाई आज नेपाली फिल्ममा सर्वाधिक व्यस्त र सफल नायिकाको हेरिन्छ । 
 
अदितीको काम धेरथोर ‘कृ’ ट्रेलरमा देखिएपनि फिल्म रिलिजपछि मात्र उनको आगामी फिल्मी करिअरको बाटो निर्धारण हुन्छ । तर, अनमोलसँग जोडी बाँधिएदेखि भने अदिती नेपाली मिडियामा खुब छाएकी छिन् ।