मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘५० लाखको अफर आएकै हो’ : अनमोल

फिल्मीखबर, काठमाण्डौ, 2017/12/15
 
नेपालमा यदी कसैको यो समयमा लोभलाग्दो फ्यान फलोइंग छ भने त्यो नायक अनमोल केसीको नै छ भन्दा सायद गलत नहोला । चार फिल्मबाट आफूलाई सुपरस्टारको रुपमा उभ्याएका अनमोल झन्डै डेढ वर्षपछि फिल्म 'कृ'मार्फत ठूलो पर्दामा फर्किदैछन् । माघ २६ गतेलाई 'कृ'को रिलिज कन्फर्म गरिएको छ । 
 
पैसाको लोभमा भन्दा पनि राम्रो कथा भेटेमात्र फिल्म साइन गर्ने अनमोललाई केहीदिन यता नेपाली निर्माताहरुले ५० लाखसम्म अफर गरेको चर्चा सिनेवृतमा छ । झरना थापाका श्रीमान सुनिल कुमार थापा, छविराज ओझाका छोरा साकार ओझा, 'झ्यानाकुटी' निर्देशक सिमोस सुनुवार, 'कृ' निर्देशन सुरेन्द्र पौडेल लगायतका निर्माता तथा निर्देशकले अनमोललाई ५० लाखसहित फिल्म अफर गरेका थिए । 
 
तर, यस विषयमा मौन रहेका अनमोलले शुक्रवार आफू अभिनीत फिल्म 'कृ'को ट्रेलर रिलिज कार्यक्रममा मुख खोले । पत्रकारको प्रश्नको जवाफ दिँदै अनमोलले भने, ‘हो, म सधै यस्ता कुराहरुमा मौन नै रहने गर्छु । मलाई के लाग्छ भने म आफू कामले प्रमाणित गर्न चाहन्छु । पैसा मेरो लागि फिल्मको कथा वस्तुभन्दा ठूलो होइन । यदी पैसाकै लागि मैले फिल्म गर्ने भए एक वर्षमा मेरो एउटा मात्र फिल्म हलमा आउँदैन थियो ।’ 
 
उनले अगाडि भने, ‘मलाई कथा नै मन पर्नुपर्छ । बजारमा मलाई ५० लाख अफर गरिएको खबर आएको थियो त्यो सत्य हो । अझै पनि ४/५ जना व्यक्ति ५० लाखको अफरसहित आउनुभएको छ । तर म पैसाका लागि फिल्म गर्दिन ।’ 
 
उनी चाँडै 'ऐश्वर्य' फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म 'क्याप्टेन'मा काम गर्दैछन् । यो फिल्ममा अनमोल भुटबल खेलाडीको भूमिकामा प्रस्तुत हुँदैछन् ।