मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्न पाइनन् करिश्मा सांसद

फिल्मीखबर, काठमाण्डौ, 2017/12/15
 
नेपाली फिल्मकी सदावहार नायिका करिश्मा मानन्धर अन्ततः सांसद बन्न नपाउने भएकी छिन् । लामो समय फिल्ममा आफ्नो कला प्रस्तुत गरेकी करिश्मा केही वर्षदेखि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् । 
 
मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ शक्ति नेपालले समानुपातिक उम्मेदवारतर्फबाट पार्टीको केन्द्रिय सदस्य समेत रहेकी करिश्मालाई आफ्नो बन्दसूचीको एक नम्बरमा राखेको थियो । बिहीवार दिउँसोसम्ममा नयाँ शक्तिको आँखा चुनाव चिह्नमा देशभरबाट ७३ हजार मतमात्रै आएको छ । यो गणना भइसकेको कूल मतको १ प्रतिशतभन्दा पनि कम हो । 
 
देशभर खसेको कूल मतबाट समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याएको भए नयाँ शक्तिका तर्फबाट समानुपातिक बन्दसूचीमा भएका चार जना सांसद हुन्थे । बन्दसूचीमा एक नम्बरमा रहेकोले नायिका करिश्मा मानन्धर निर्वाचित हुनेथिइन् । 
 
गणना बाँकी मत धेरै नरहेकोले नयाँ शक्तिले तीन प्रतिशत मत ल्याउन सम्भव छैन । तीन प्रतिशत मत नआएसम्म समानुपातिकबाट प्रतिनिधि सभामा कुनै सिट पाइँदैन ।