मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बलिउड कलाकार नीरज वोराको निधन

फिल्मीखबर, काठमाण्डौ, 2017/12/15
 
बलिउड कलाकार नीरज वोराले बिहीवार विहान ४ बजे अंधेरी (मुम्बई) को कृति केयर अस्पतालमा अन्तिम सास लिएका छन् । रंगीला (1995), सत्या (1998), बादशाह (1999), पुकार (2000), बोल बच्चन (2012) र वेलकम ब्याक (2015) जस्ता फिल्ममा उनले काम गरेका छन् । 
 
अस्पतालबाट नीरजको पार्थिव शरीर उनका साथी तथा प्रोड्यूसर फिरोज नाडियाडवालाको घर लगिएको थियो ।  बिहीवार साँझ ४ बजे सान्ताक्रूज श्मशान घाटमा उनको अन्तिम दाह संस्कार गरिएको छ । 
 
अभिषेक बच्चन, राज जुत्शी, फिरोज नाडियाडवाला र प्रोड्यूसर बन्टी वालियासहित दर्जनौं बलिउड कलाकारले नीरजलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । १९ अक्टूबर, २०१६ मा भएको ब्रेन स्ट्रोकका कारण नीरजलाई दिल्ली स्थित एम्समा एडमिट गरिएको थियो । 
 
पहिला उनलाई भेन्टिलेटरमा पनि राखिएको थियो । तर, पछि स्वास्थ्य अवस्थामा केही सुधार भएपछि उनका साथी फिरोज नाडियाडवालाले मार्च, २०१७ मा नीरजलाई मुम्बई ल्याएका थिए । तबदेखि उनी फिरोजसँग नै रहँदै आएका थिए ।  
 
फिरोजका अनुसार,  मार्च २०१७ देखि नीरजका लागि चौवीसौ घण्टा एक नर्स, वार्ड व्वाई र कुक उपलब्ध गराइएको थियो । यसका अलावा फिजियोथेरेपिस्ट, न्यूरो सर्जन, एक्यूपन्क्चर थेरेपिस्ट र जनरल फिजिशियन पनि हरेक हप्ता चेकअपका लागि आउने गर्दथे ।