मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा ‘माइ लभ’ र ‘गोरे’, आएन ‘सुपर गोर्खे’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/15
 
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण मंसिरमा कुनै पनि ठूला नेपाली फिल्म प्रदर्शनमा आएनन् । निर्वाचनको चेपुवामा पर्ने डरले निर्माताहरु कुना पसे । तर, मंसिरको अन्तिम साता अर्थात्, आजबाट दुई नेपाली फिल्मले भने प्रदर्शन आरम्भ गरेका छन् । हुनत, मंसिर २९ गते चार फिल्म प्रदर्शनमा आउने कुरा थियो । 
 
ऋचा सिंह ठकुरी स्टारर फिल्म ‘सुपर गोर्खे’ र झरना थापा र दीलिप रायमाझी अभिनीत फिल्म ‘डेस्टिनेशन काठमाण्डौ’ यो मितिबाट पोस्टपोन्ड भएपछि आजबाट ‘माइ लभ’ र ‘गोरे’ मात्र हलमा लागेका हुन् । ऋचाको ‘सुपर गोर्खे’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छैन । 
 
जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको फिल्म ‘माइ लभ’मा २०७२ सालको विनाशकारी भुकम्पको कथा समेटिएको छ । यो फिल्ममा गणेश लामा, नव-कलाकार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानी, चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ ।
 
यस्तै, दीलिप रायमाझी र अनु शाह स्टारर फिल्म ‘गोरे’लाई रामेश कुमार राईले निर्देशन गरेका हुन् । गाउँले परिवेशदेखि शहरीया परिवेशसम्मको क्यारेक्टर अथवा सोझो गोरेदेखि स्मार्ट गोरेसम्मको अभिनय दीलिपले फिल्म ‘गोरे’मा गरेका छन् ।
 
फिल्ममा दिलिप र अनुसँगै राकेश कुमार राई, गुनु घर्ती लगायतका कलाकारको अभिनय रहेको छ ।