मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेनुका र गौरवलाई लिएर ‘साइँली’ घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/12/14
 
युट्युबमा निकै रुचाइएको भिडियो गीत ‘साइँली’लाई दर्शकले अब फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन् । गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो। यही ब्यानरले ‘साइँली’ निर्माण गर्न लागेको हो । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । 
 
भिडियोमा गौरव पहाडी र नायिका मेनुका प्रधानको अभिनय छ। फिल्ममा पनि गौरव र मेनुका नै मुख्य भूमिकामा हुनेछन् । फागुन पहिलो साताबाट छायांकन सुरु हुने बताइएको यो फिल्मलाई 'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्दैछन् । फिल्म घोषणा सभामा ‘साइँली’ गीतलाई युट्युबमा साढे २ करोड पटक हेरिएको अवसरमा जिएच इन्टरटेनमेन्टले केक काटेर खुसी साट्यो । 
 
कार्यक्रममा बोल्दै निर्देशक गुरुङले गीतले बोकेको भावलाई फिल्ममा उतार्ने प्रयास गर्ने बताए । यस्तै, नायक गौरव पहाडीले ‘साइँली’बाट आफू फिल्म निर्माण पनि होमिएको र यो फिल्म आफ्नो लागि टर्निङ प्वाइट हुने बताए । कार्यक्रममा नायिका मेनुका भने अनुपस्थित थिइन् । फिल्मले बैदेशिक रोजगारीको कथा बोल्नेछ । 
 
फिल्ममा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापा निर्मातामा छन् । कार्यक्रममा बोल्दै गायक हेमन्त रानाले ‘साइँली’ गीतमाथि फिल्म बनाउनु आफैंमा चुनौतीपूर्ण रहेको बताए ।