मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सौगातको ‘पञ्चेबाजा’ गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/12/14
 
फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सौगात मल्ल स्टारर फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश लोक फ्लेवरको ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा सौगात र जस्मिन श्रेष्ठ फिचरिङ छन् । 
 
अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीतमा प्रदीप भाद्वाजको शब्द र विकास चौधरीको संगीत सुन्न सकिन्छ । कविराज गहतराज गीतका कोरियोग्राफर हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशन घनश्याम लामिछानेले एक गाउँका तीन पात्रको कथा फिल्ममा प्रस्तुत गरिएको बताए । घनश्यामले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका छन् । 
 
न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ । फिल्ममा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
 
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ । 
 
भिडियो :-