Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपाश्री, शान्ति, फुलमान र विनोदलाई सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2017/12/14
 
ड्रिम वल्र्ड फिल्म मेकर्स प्रा.लि द्वारा बरिष्ठ लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, गीतकार तथा पत्रकार शान्ति प्रिय, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पत्रकार फुलमान वल, लेखक निर्देशक तथा कलाकार विनोद पौडेल एकसाथ सम्मानित भएका छन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच कलाक्षेत्रमा क्रियाशिल ब्यक्तिलाई सम्मान गरिएको हो । 
 
कार्यक्रममा लक्ष्मीनाथ शर्मालाई ‘श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कार २०७४’, शान्ति प्रियलाई ‘श्याम–सुनिता वरिष्ट चलचित्रकर्मी पुरस्कार २०७४’, फूलमान वललाई ‘श्याम–सुिनता युवा चलचित्रकर्मी पुरस्कार २०७४’ र दीपाश्री निरौला तथा विनोद पौडेललाई ‘श्याम–सुनिता चलचित्रकर्मी सम्मान २०७४’ प्रदान गरिएको छ ।
 
सम्मानित हुने सम्पूर्णलाई बरिष्ठ लेखक तथा निर्देशक चेतन कार्की र पुरस्कारकी संरक्षक सुनिता मुखियाले फुलको माला, खादा तथा प्रमाणले सम्मान गरे । कार्यक्रममा बोल्दै अभिनेत्री दीपाले सम्मानले आफूलाई अझ अगाडि बढ्न हौसला प्रदान गरेको बताइन् ।
Most Visited News (monthly)