मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शाहिद बने एशियाका ‘सबैभन्दा सेक्सी पुरुष’

एजेन्सी, मुम्बई, 2017/12/14
 
ब्रिटेनको साप्ताहिक पत्रिकाले ‘ईस्टर्न आई’ को सालाना पोलमा बलिउड अभिनेता शाहिद कपूरलाई ‘सबैभन्दा सेक्सी एशिया व्यक्ति’ को रुपमा चुनेको छ । ३६ वर्षिय शाहिदले यो पोलमा बलिउड अभिनेता ऋतिक रोशन र ब्रिटिश-पाकिस्तानी गायक जायन मलिकलाई पछाडि पारेका छन् । 
 
ऋतिक लगातार तीन वर्षदेखि यो पोलको दोस्रो स्थानबाट तल झरेका छैनन्, जबकि गएको वर्षका विजेता जायन यो वर्ष तेस्रो स्थानमा पुगेका छन् । शाहिदले पत्रिकालाई भने, ‘मलाई भोट दिनुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु । मलाई यो ट्याग मिलेकोमा आफू सम्मानित भएको महशुस गरेको छु ।’
 
ईस्टर्न आईका स्तम्भकार प्रिया मूलजीले यस विषयमा भने, ‘शाहिद कपूरले जसरी मिहिनेत गरेर शरीर बनाएका छन्, यसकारण उनी निकै लोकप्रिय छन् । उनी जिममा निकै मिहिनेत गर्छन् ।’ 
 
दुनियाँभरका प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा यो सालाना सूची सार्वजनिक गरिने गरिन्छ । यतिबेला शाहिद कपूर आफ्नो नयाँ फिल्म 'पद्मावती'का कारण निकै विवादको सामना गरिरहेका छन् ।