मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

कति वर्षमा लागिन् जल ? चाहन्छिन् फिल्ममा फर्किन

फिल्मीखबर, काठमाण्डौ, 2017/12/14
 
नेपाली फिल्मकी सदावहार नायिका जल शाहको आज ‘ह्याप्पी बर्थ डे’ । विकिपीडियाका उल्लेख भएअनुसार, २०३९ साल मंसिर २८ गते काठमाडौंमा जन्मिएकी जल आजबाट ३५ वर्षमा लागेकी छिन् । कुनै बेला नेपाली फिल्मबाट दर्शकको मन जितेकी नायिका जल शाह आजकाल फिल्म क्षेत्रमा छैनन्। फिल्म क्षेत्रमा मात्र होइनन् उनी नेपालमा नै छैनन्। 
 
लामो समयदेखि उनी श्रीमान र एक छोरीसँग अमेरिकामा बस्दै आइरहेकी छिन् । गएको वर्ष दशैं मनाउनका लागि उनी नेपाल आएकी थिइन् । नेपाल बसाईको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका शाहले फिल्ममा अभिनयसँगै निर्माणमा फर्किने योजना रहेको बताएकी थिइन् । 
 
‘आउँदा दिनमा हामी मौलिक नेपाली फिल्म निर्माण गर्ने योजनामा छौं, नेपालका ग्रामीण भेकमा धेरै मौलिक कथा भएकाले नारीप्रधान फिल्म निर्माण गर्ने म र मेरो श्रीमानको योजना छ ।’ अभिनेत्री शाहले भनेकी थिइन्, ‘मेरा समकालीन अभिनेत्रीहरू फिल्म निर्देशनमा लागेर स्थापित हुनुभएकामा मलाई साह्रै खुसी लागेको छ । ममा निर्देशन गर्ने क्षमता नभएकाले म अभिनयसँगै फिल्म निर्माणमा भने आउनेछु ।’
 
आफ्नी आमाको चाहनाअनुसार यादव खरेलको फिल्म ‘श्री स्वस्थानी’बाट उनी नेपाली रजतपटमा प्रस्तुत भएकी थिइन् । नायिकाका रूपमा उनले आफ्नो फिल्म यात्रा ‘अवतार’ फिल्मबाट सुरु गरेकी थिइन् । त्यसपछि करिब चार दर्जन फिल्ममा अभिनय गरेकी उनका 'पराइ घर', 'शंकर', 'ठूल्दाई', 'नेपाली बाबु', 'एक नम्बरको पाखे', 'नाता रगतको', 'नेपाल प्यारो छ', 'बुहारी' हिट फिल्मको सूचीमा सुचिकृत छन् । 
 
‘सुप्रसिद्ध नायिका जल शाहलाई फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको शुभकामना ।’