Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.75/5.00)
Text size:-
+
-

‘कृ’ पोष्टरमा अनमोल र आदितीको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2017/12/13
 
वर्षको सर्वाधिक प्रतिक्षामा रहेको अनमोल केसी स्टारर फिल्म ‘कृ’को रोमान्टिक पोष्टर सार्वजनिक भएको छ । फिल्म निर्माण पक्षले बुधवार नव-नायिका अदिती बुढाथोकी र अनमोल फिचरिङ पोष्टर सार्वजनिक गरेको हो । पोष्टरमा आदिती, अनमोलको अंगालोमा समाहित भएकी छिन् । शुक्रवार यो फिल्मको ट्रेलर सार्वजनिक हुँदैछ । 
 
यसअघिका ४ वटा फिल्ममा रोमान्टिक नायकको रुपमा देखिएका अनमोल यो फिल्ममा भने रोमान्टिकसँगै एङ्ग्री अवतारमा पनि देखिएका छन् । टौवा क्रियशनले यो पोष्टर तयार पारेको हो । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । 
 
फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । 
 
माघ २६ गतेबाट नेपालभर यो फिल्म रिलिज हुनेछ । निर्देशक सुरेन्द्र पौडेलले दर्शकले ‘कृ’ लागि केहि समय पर्खनु परेपनि दर्शकको चाहना अनुसारको फिल्म बनेको बताए । 
Most Visited News (monthly)