मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिस्टर भर्जिन’मा गौरव र मरिष्काको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/12/13
 
अब ‘मिस्टर भर्जिन’ नाममा फिल्म निर्माण हुने भएको छ । नायक गौरव पहाडी र नायिका मरिष्का पोखरेललाई मुख्य भूमिकामा लिँदै यो नाममा फिल्म निर्माण हुन लागेको हो । बुधवार राजधानीमा एक कार्यक्रमका बीच वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीले ‘मिस्टर भर्जिन’को औपचारिक निर्माण घोषणा गर्‍यो । 
 
डेब्यू निर्देशक विशारद बस्नेतको निर्देशनमा बन्ने यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्नेछ । फिल्ममा गौरव र मरिष्काको अलावा भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बराल, रविन्द्र झा, सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ । 
 
‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ । 
 
कार्यक्रममा बोल्दै नायक गौरव पहाडीले फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएपछि सबै परिवार सँगै बसेर हेर्न मिल्ने फिल्म रहेको बताए । यस्तै, नायिका पोखरेलले फिल्मको कथाबाट आफू प्रभावित भएको बताइन् । यो फिल्मलाई बैशाख अन्तिममा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ । 
 
 
ठमेल लगायतका ठाउँमा खिचिने फिल्मका निर्माता खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशादर बस्नेत हुन् भने सन्दिप उप्रेती र मनिष खत्री सह-निर्माताको रुपमा रहेका छन् ।