Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सलमानसँग काम गर्दैछिन् जेनिशा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/13
 
नेपाली फिल्मबाट खासै ठूलो सफलताको पोको हात पार्न नसकेकी नायिका जेनिशा केसी अहिले बलिउडमा जम्ने तयारी गरिरहेकी छिन् ।  चाँडै उनी बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा देखिँदैछिन् । 
 
बलिउड कलाकारसँग हिमचिम बढाउँदै गएकी जेनिशाको मंगलवार साँझ बलिउड सुपरस्टार सलमान खानसँग भेट भएको छ । सलमानसँग भेट गरेका केही तश्वीरहरु जेनिशाले फेसबुकमा अपलोड गरेकी छिन् । 
 
तश्वीरसँगै उनले क्याप्सनमा सलमानसँग भेट गर्नुको खास कारण चाँडै जानकारी दिने बताएकी छिन् । जेनिशा र सलमानको भेट मुम्बईको एक स्टूडियोमा भएको हो । के जेनिशा सलमानसँग कुनै प्रोजेक्टमा सँगै काम गर्दैछिन् ? यो भने भोलीका दिनमा थाहा हुनेछ । 
 
 
उनी झन्डै २ वर्षदेखि भारतमा बसेर बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी छिन् । नायक विराज भट्टको जोडी बनेर आउँदा एक समय नेपाली फिल्ममा जेनिशालाई सफल नायिका रुपमा हेरिन्थ्यो । 
Most Visited News (monthly)