मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीपको ‘लिलिबिली’मा अनुप कि सविन भिलेन ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/13
 
छायांकन अगावैदेखि प्रतिक्षीत फिल्मको रुपमा हेरिएको 'प्रेमगीत' फेम नायक प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’को यतिबेला बेलायतमा धमाधम छायांकन भइरहेको छ । चैत ३० गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको यो फिल्ममा प्रदीपको अपोजिटमा नव-नायिका जसिता गुरुङ देखिँदैछिन् । 
 
नायिका प्रियंका कार्कीको समेत अभिनय रहने बताइएको फिल्ममा भिलेन चाहिं को होला ? यो सबैको मनमा उब्जिएको प्रश्न हुनसक्छ । फिल्मलाई सुन्दर बनाउन खलपात्रको भूमिका महत्वपूर्ण हुन्छ । यसकारण पनि ‘लिलिबिली’मा प्रदीपसँग टक्कर लिने भिलेनको खोजी हुन थालेको छ । अहिले दुई नायकको नाम बाहिर आएको छ - नायक द्वय सविन श्रेष्ठ र अनुपविक्रम शाही । 
 
हालैमा फिल्मका निर्देशक मिलन चाम्सले आफ्नो आधिकारिक फेसबुकमा 'विथ माई स्टार्स' भन्दै प्रदीप, सविन र अनुपसँगको एक तश्वीर अपलोड गरेका छन् । धेरै फिल्ममा भिलेनको भूमिका निर्वाहा गरेका अनुप यो फिल्मका मुख्य कलाकार हुन् । 
 
‘लिलिबिली’मा सविन र अनुपमध्ये भिलेन को हुन् त ? भन्ने फिल्मीखबर डटकमको प्रश्नमा निर्माता गोविन्द शाही भन्छन्, ‘अनुपलाई म भिलेन भन्न सक्दिनँ । उहाँको फिल्ममा मुख्य भूमिका छ । भिलेन हुन् वा हिरो त्यो चाहिं ‘लिलिबिली’ हलमा लागेपछि नै थाहा हुनेछ । तर म अनुपलाई हिरो भन्न चाहन्छु ।’ 
 
निर्माता शाहीले फिल्ममा सविन श्रेष्ठको गेस्ट रोल रहेको बताए । उनी अगाडि भन्छन्, ‘फिल्ममा सविनको भूमिका निकै राम्रो छ । भिलेन को हुन् भन्ने कुरा अब चैत ३० मा नै थाहा हुन्छ ।’ 
 
सविन यतिबेला भोजपुरी फिल्मका मेघा स्टार दिनेशलाल यादव (निरहुआ)को फिल्म ‘निरहुआ चलल लण्डन’मा खलनायकको भूमिकामा काम गरिरहेका छन् ।