Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा पनि ‘फिर्के’ लाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/12/13
 
पौष २१ गतेबाट नेपालमा रिलिज हुन लागेको कमेडी प्रधान फिल्म ‘फिर्के’ अमेरिकामा पनि चल्ने भएको छ । मंगलवार फिल्म निर्माण कम्पनी एस.एम.एस. फिल्म्स प्रा.लि. र अमेरिकामा प्रदर्शनका लागि लक्षिन फाउण्डेशनबीच सम्झौता भएको छ । फाउण्डेशनका अध्यक्ष लक्षिन गुरुङ्गले आगामी फेब्रुअरीबाट अमेरिकाका बिभिन्न स्टेटहरुमा फिल्म प्रदर्शन गरिने बताए ।
 
'ईकु'को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
यो फिल्मलाई 'तितो सत्य', 'जिरे खुर्सानी' लगायतका टेलिसिरियलमा 'बेमान'को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । यो फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ ।
 
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस फिल्ममा दुई गीत रहेका छन् ।
Most Visited News (monthly)