Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी बर्थ डे वर्षा’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/13
 
नायिका वर्षा राउत बुधवारबाट २४ वर्षमा लागेकी छिन् । २०५० साल मंसिर २७ गते सिन्धुलीमा जन्मिएकी वर्षा फिल्म 'नाई नभन्नू ल ४' बाट नेपाली रजटपटमा भित्रिएकी थिइन् । डेब्यू फिल्मबाट सफलता हात परेपछि उनले 'जात्रा', 'छक्का पञ्जा', 'छक्का पञ्जा २' र 'मेरो पैसा खोई ?' जस्ता फिल्ममा काम गरिसकेकी छिन् । 
 
पुष २८ गते उनी अभिनीत नयाँ फिल्म 'मिस्टर झोले' प्रदर्शनमा आउँदैछ । उनले अभिनय गरेका प्रायः फिल्म सुपरहिट छन् । त्यसैले त पछिल्लो समय उनको डिमाण्ड पनि ह्वात्तै बढेको छ । नेपालकी सर्वाधिक महंगी नायिका मध्येकी एक वर्षा झन्डै ५ वर्षदेखि नायक तथा विजनेसम्यान संजोग कोइरालासँगको प्रेममा छिन् । 
 
मनोरञ्जन प्रधान फिल्म 'जात्रा', 'छक्का पञ्जा' र 'छक्का पञ्जा २' ‘हिट’ भएपछि अभिनेत्री वर्षा राउतको फिल्मी करिअरमा एउटा इँटा थपिएको छ । म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी वर्षा चाँडै नयाँ फिल्ममा काम गर्दैछिन्, जसका लागि उनी आफ्नो १० केजी तौल घटाउन दिनरात पसिना बगाइरहेकी छिन् । 
 
गएको वर्ष फिल्म 'जात्रा' टीमसँग जन्मदिनको केक काटेकी वर्षाले यसवर्ष भने परिवारसँग बसेर जन्मदिन सेलिव्रेट गर्दैछिन् । 
 
सिन्धुलीको स्वर्णीम तारा बिद्याश्रमबाट बि. स. २०६५ मा एसएलसी उत्रिर्ण गरेकी वर्षाले सिर्जना कार्कीको ‘रोजेको मैले’ बोलको गीतको भिडियोबाट मोडलिङमा पाइला राखेकी थिइन् । उनले सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । 
 
वर्षालाई ‘फिल्मीखबर डटकम’ परिवारको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना । 
Most Visited News (monthly)