मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन र रोमान्सयूक्त ‘पिंजडा व्याक अगेन’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/12/12
 
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको नायक निखिल उप्रेती र नायिका सारा सिर्पाली स्टारर फिल्म ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच एक्सन र रोमान्सयूक्त फिल्मको ट्रेलर निर्माण पक्षले सार्वजनिक गर्‍यो । ट्रेलरमा साराका लागि निखिलले गरेको संघर्ष देखाइएको छ । 
 
एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो 'पिंजडा' । यसको नेम सिक्वेललाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायिका साराले ‘पिंजडा व्याक अगेन’बाट आफ्नो करिअरमाथी उठ्नेमा विश्वस्त रहेको बताइन् । निखिल भने उपत्यका बाहिर भएका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । 
 
यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।
 
सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ । 
 
ट्रेलर :-