Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जरीनको हरर फिल्म ‘१९२१’ को ट्रेलर सार्वजनिक

एजेन्सी, मुम्बई, 2017/12/12
 
विक्रम भट्टको नयाँ हरर फिल्म ‘१९२१’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा करण कुन्द्रा र जरीन खान लीड रोलमा छन् । फिल्मको कथा आयुष नामको एक युवकको वरिपरि घुम्छ, जो इन्डियाबाट इंग्ल्यान्डमा म्यूजिक सिक्नका लागि जान्छन् । 
 
सबै कुरा राम्रो हुँदैथियो तर एकदिन अचानक उसको जिन्दगीमा केही स्पिरिट्स आउँछ र आयुषको जिन्दगी नर्क बनाइदिन्छ । फिल्मको हरर सीन्सको कुरा गर्ने हो भने यसमा हलिउड हरर फिल्म जस्तो सीन्स देख्न सकिन्छ ।  फिल्मको ब्याकग्राउन्ड म्यूजिक र पियानो ट्रयाक निकै राम्रो छ । 
 
फिल्मको लोकेशन लोभलाग्दो छ । विशेषतः विक्रम भट्ट बलिउडमा हरर फिल्म बनाउने निर्देशकको रुपमा चर्चित छन् । उनले 'राज', 'हन्टेड' र '१९२०' जस्ता हरर फिल्म निर्देशन गरिसकेका छन् । ‘१९२१’ जीवन र मृत्युको बीचको संघर्षमा आधारित छ । 
 
यो फिल्म १२ जनवरी, २०१८ मा प्रदर्शन हुँदैछ । फिल्म ‘१९२१’ मा '१९२०' को जस्तो प्रमुख जोडी बीच रोमान्टिक तथा भावनात्मक कथा देख्न पाइनेछ । 
 
ट्रेलर :-
 

Most Visited News (monthly)