मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘कान्छी’को मिति सार्नु भनेको मैले हार्नु होइन : श्वेता

फिल्मीखबर, काठमाण्डौ, 2017/12/12
 
यस वर्षको सबैभन्दा ठूलो महासंग्राम माघ २६ गते हुँदैथियो । कारण, यो मितिमा युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ र श्वेता खड्का र दयाहाङ राई स्टारर फिल्म ‘कान्छी’ एकसाथ लडाइँ गर्दैथिए । हुनत, सबैभन्दा अगाडि ‘कान्छी’ले माघ २६ ताक्दै प्रदर्शन मिति घोषणा गरेको थियो तर ‘कृ’ पनि यही मितिमा लड्न तयार भयो । 
 
अनमोल केसीको बढ्दो लोकप्रियताका कारण ‘कृ’ यूनिट माघ २६ बाट हट्ने कुनै छाँटकाट नदेखिएपछि ‘कान्छी’ आफैं एकसाता पछाडि सरेको छ । सोमवार वितरक र निर्माताबीचको छलफलबाट ‘कान्छी’लाई फागुन ४ गते प्रदर्शनमा ल्याउने निर्णय गरिएको छ । अब ‘कृ’ले माघ २६ गते सोलो रिलिजको मौका पाएको छ । 
 
‘कृ’का लागि बाटो खाली गरेपछि नायिका तथा निर्मात्री श्वेता खड्काले ‘कान्छी’को मिति सार्नु भनेको आफू हार्नु नभएको भन्दै फेसबुकमा एक स्टाटस लेखेकी छिन् । ‘यो त भुवनदाजु प्रति एउटी बहिनीको सम्मान हो ।’ उनले फेसबुकमा लेखेकी छिन् । ‘कृ’लाई सुवास गिरी र नायक भुवन केसीले संयूक्त रुपमा निर्माण गरेका हुन् । 
 
‘कान्छी’, ‘कृ’सँग जुध्न डराएको भन्ने बहस चल्दै गर्दा श्वेताले दुवै फिल्मको दर्शकले व्यग्र प्रतिक्षा गरेका कारण एकसाथ प्रदर्शन गर्नु राम्रो नहुने भन्दै आफू नै पछाडि सरेको बताएकी छिन् । 
 
 
उनले अगाडि लेखेकी छिन्, ‘स्वर्गीय श्रीकृष्ण श्रेष्ठको मिल्ने मित्रका साथै उहाँको देहवसान पश्चात हौसला, आँट र शाहस प्रदान गरेर मलाई उत्प्रेरित गरिरहने आदरणिय दाजु भुवन केसीज्युको लागि मैले आफ्नो फिल्मलाई केही दिन पछाडि सार्ने यो निर्णय प्रति मैले कुनै किसिमको लाज, सरम र शंकोचको भाव महसुस गरिरहेको छैन ।’ 
 
श्वेता थप्छिन्, ‘एउटी बहिनीले दाजुलाई पछाडि हट्नको लागि अनुरोध गर्नुभन्दा उमेरले पनि ‘कान्छी’ अनि शिप र दक्षताले पनि 'आलोकाँचो' नै रहेकी म आफैंले केही कदम पछाडि हट्दा बेश होला भन्ने ठानी यो निर्णय लिएकी हुँ ।’