मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साडीमा वर्षा, भन्छिन्, ‘लाज लाग्यो’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/12
 
'नाई नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएकी वर्षा राउत सफल नायिका मध्येकी एक हुन् । लगातार आफू अभिनीत फिल्मबाट सफलताको स्वाद चाखिरहेकी वर्षाका यसैवर्ष 'छक्का पञ्जा २' र 'मेरो पैसा खोई ?' प्रदर्शनमा आएका थिए । 
 
'छक्का पञ्जा २' ले ५१ दिन मनाएपनि 'मेरो पैसा खोई ?' हलमा ५ दिन पनि टिकेन । उनको खातामा 'छक्का पञ्जा' र 'जात्रा' जस्तो सुपरहिट फिल्मको नाम दर्ता छ । हाल नयाँ फिल्मका लागि तौल घटाइरहेकी वर्षाको नयाँ फिल्म 'मिस्टर झोले' पुष २८ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
 
यो फिल्ममा वर्षाले कलाकार वुद्धि तामाङसँग रोमान्स गरेकी छिन् । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । वर्षा अन्य दिनको भन्दा विल्कुलै फरक पहिरनमा उपस्थित भएकी थिइन् । किनकी प्रायः कमै मात्र वर्षालाई साडीमा देख्न पाइन्छ । 
 
महिलाको सुन्दरता, शालीनता, यौवन एवं व्यक्तित्वमा साडीले ठूलो प्रभाव पार्छ । नेपाली महिलाहरूको प्रमुख पहिरनमध्ये साडी पनि एक हो । वर्षा पनि साडीमा खुब खुलेकी थिइन् । 
 
 
कार्यक्रममा उपस्थित आफ्ना केही मिल्ने साथीसँग वर्षा भन्दैथिइन्, ‘यहाँबाट सिधै विवाहमा जानु छ त्यसैले साडी लगाएर आएको तर कस्तो लाज लागिरहेको छ ।’ साडीमा कमै भेटिने वर्षालाई मिडियाका क्यामेराले केहीबेर झ्याप्पै छोपे । 
 
उनी केही लजाइन् तर पोज-पोजका तश्वीर खिचाउन पनि पछि हटिनन् । मोटी नायिका भनेर चिनिने वर्षालाई साडीमा भने केही स्लिम देखिएको थियो । 
 
 
झन्डै ५ वर्षदेखि नायक संजोग कोइरालासँगको प्रेममा रहेकी वर्षालाई मंसिर लागेपछि विवाह गर्न मन लाग्ने बताउँछिन् । लगातार आफू अभिनीत फिल्महरु सफल हुँदै गएपछि वर्षाको डिमाण्ड ह्वात्तै बढेको छ । उनी नेपालकी महंगी नायिका मध्येकी एक हुन् ।