मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोरे’ गीतमा अनु र दीलिपको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/12/12
 
मंसिर २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘गोरे’का २ गीत एकसाथ रिलिज गरिएको छ । ‘गोरे’को शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । फिल्मको शिर्ष गीतमा नायक दीलिप रायमाझी एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अनुसँग रोमान्टिक मुडमा देखिएका छन् । 
 
शिर्ष गीत ‘गोरे गोरे’ बोलको गीतमा बिकाश चौधरीको संगीत, रन्जीत कुमार सहनीको आवाज र शंकर अधिकारी घायलको शव्द रहेको छ भने अर्को रोमान्टिक गीतमा बिकाश चौधरी र जुना प्रसाइको स्वर एवं बिकाश चौधरीकै संगीत रहेको छ । दुई गीतको भिडियोका कोरियोग्राफर रवि कार्कि र राम बुढाथोकी हुन् । 
 
रामेश कुमार राइको निर्देशन एव सुर्य जिसिको निर्माणमा तयार फिल्म ‘गोरे’मा दीलिप र अनुको साथमा राकेश कुमार राइको मुख्य भुमिका रहेको छ । हरिनारायण चौधरी फिल्मका छायाँकार हुन् ।
 
भिडियो :-