मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

टर्‍यो ‘कृ’ र ‘कान्छी’ भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2017/12/11
 
अन्ततः फिल्म ‘कृ’ र ‘कान्छी’को भिडन्त टरेको छ । माघ २६ गतेलाई अनमोल केसी स्टारर फिल्म ‘कृ’लाई सोलो रिलिजको अवसर दिँदै श्वेता खड्का र दयाहाङ राई अभिनीत फिल्म ‘कान्छी’ फागुन ४ गतेबाट रिलिज हुने भएको छ । अनमोलको अगाडि असुरक्षित महशुस गरेपछि ‘कान्छी’ टीमले फिल्मको प्रदर्शन मिति फेरवदल गरेको स्रोत बताउँछ । 
 
अब माघ २६ गते ‘कृ’ एकल रिलिज हुनेछ । ‘कान्छी’ले घोषणा गरेको फागुन ४ मा भने छविराज ओझाको 'मंगलम' पनि प्रदर्शनमा आउँदैछ । फिल्मको रिलिज सार्नुको विषयमा जानकारी दिँदै श्वेताले भनिन्, ‘मलाई जुध्न मन लागेन । ‘कृ’ टीमसँग धेरै छलफल गर्ने कोशिस गर्दा पनिकुनै निर्णय नभएपछि म आफैं सरेको हुँ ।’ 
 
यो फिल्मलाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । ‘कान्छी’मा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । 
 
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । 'कोहिनूर'पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।