मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त

फिल्मीखबर, काठमाण्डौ, 2017/12/11
 
झन्डै पाँच महिनादेखि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
 
५ महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो । निकिता गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत हुन् । राप्रपा नेपालका कोषाध्यक्ष तथा ओम अस्पतालका अध्यक्ष उद्धव पौडेल उनका पिता हुन् ।  
 
भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको थियो । न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले आवेदन दिन पाउने नियम अनुसार निकिता योग्य ठहरिएपछि उनलाई बोर्ड अध्यक्षमा नियूक्त गरिएको बताइएको छ । 
 
बोर्ड अध्यक्षका लागि निकितासँगै आलोक कुमार तिवारी, उज्वल प्रसाद घिमिरे, गोपाल रिजाल (आयुष), चोपेन्द्र सागर पराजुली (सागर उद्गम), टिकाराम घिमिरे (योगेश), नरेश कुमार के.सी., विशाल श्रेष्ठ, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, सुदिप कुमार रेग्मी र सुष्मा थापा (कार्की)ले पनि आवेदन दिएका थिए । 
 
चलचित्र विकास बोर्डले पहिलो पटक महिला अध्यक्ष पाएको हो । चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्र हेर्ने एकमात्र सरकारी निकाय हो ।