Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

किन चुपचाप नम्रता ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/11
संख्या बढाउन भन्दापनि गुणस्तरिय फिल्म गर्ने नायिकाको रुपमा परिचित नम्रता श्रेष्ठ झन्डै ६ महिनादेखि चुपचाप छिन् । फिल्ममा निकै रुचाइएकी नम्रता यस वर्ष प्रदर्शनमा आएको फिल्म 'पर्व'पछि पर्दामा देखिएकी छैनन् । हुनत्, उनी हप्ता वा महिनैपिच्छे पर्दामा देखिरहने नायिका पनि होइनन् । 
 
आर्यन सिग्देलको जोडी बनेर स्क्रिनमा आउँदा नम्रताको सधै वाहवाही भएको छ । तर, फिल्म 'पर्व'मा नम्रताले नायक तथा संगीतकार कोशिश क्षेत्रीसँग जोडी बाँधिन् । 'पर्व'को असफलतापछि नम्रता हाल कुन फिल्मको तयारीमा जुटेकी छिन् त्यो कमैलाई थाहा छ । 
 
प्राप्त जानकारी अनुसार, उनी आफ्नै होम प्रोडक्शनको फिल्मबाट पर्दामा फर्किदैछिन् । खबरअनुसार, नम्रताको नयाँ फिल्मलाई 'क्लासिक' फेम निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन् । नेपालमा दर्शकले अत्याधिक रुचाइएका नायिकाहरु प्रायः कमै फुर्सदिला रहने गर्छन् तर नम्रतालाई हेर्दा लाग्छ उनी पर्दामा फर्किन हतार गरिरहेकी छैनन् । 
 
तर, दर्शक भने उनको नयाँ फिल्मको व्यग्र प्रतिक्षामा छन् । फिल्मबाट केही समय ब्रेक लिएर नाटकतर्फ पनि व्यस्त रहेकी नम्रता सम्भवतः अर्को वर्षको सुरुवातमा नयाँ फिल्म लिएर दर्शकमाझ आउन सक्छिन् । 
 
यसअघि निर्देशक राउतको निर्देशन र आर्यन सिग्देलको अभिनय तथा निर्माणमा फिल्म 'टकिला सनराइज' निर्माण हुने कुरा थियो । यो फिल्ममा आर्यनको जोडीको रुपमा नम्रता हुने चर्चा पनि खुब चलेको थियो । 
 
तर, आर्यनले रेखा थापाको 'रुद्रप्रिया'मा काम गरेपछि दिनेशले यो प्रोजेक्टबाट हात झिके । अब यो नाममा नम्रताले आफ्नै लगानीमा फिल्म निर्माण गर्न लागेको गाइँगुइँ सिनेवृतमा चर्चा छ ।
Most Visited News (monthly)