मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रेस ३’ मा भित्रिए अनिल कपूर

एजेन्सी, मुम्बई, 2017/12/11
 
बलिउड सुपरस्टार अनिल कपूर चाँडै ऐश्वर्या रायसँग फिल्म 'फन्ने खान'मा देखिँदैछन् । योसँगै अनिलको हातमा अर्को ठूलो फिल्म परेको छ । खासमा, अनिल कपूरले 'फन्ने खान'सँगै सलमान खानको नयाँ फिल्म ‘रेस ३’ पनि साइन गरेका छन् । 
 
हालैमा सलमानले सोसल मिडियामार्फत अनिल कपूरसँगको एक तश्वीर शेयर गर्दै ‘रेस ३’ मा अनिलको पनि अभिनय रहने जानकारी दिएका छन् । ‘रेस’ र ‘रेस २’ मा अनिल एक नम्र पुलिसको भूमिकामा देखिएका थिए । सलमान र अनिलले यसअघि ‘बीवी नम्बर १’, ‘नो इन्ट्री’, ‘युवराज’ र ‘सलाम-ए-इश्क : ए ट्रिब्यूट टू लभ’ जस्ता फिल्ममा एकसाथ काम गरेका थिए । 
 
सलमान, ज्याकलिन फर्नान्डिज, अनिल कपूर, बबी देओल, साकिब सलीम र डेजी शाहको ‘रेस ३’ मा मुख्य भूमिका रहनेछ । ‘रेस ३’ का निर्देशक रेमो डिसूजा हुन् । एसकेएफ फिल्म्स र टिप्स द्वारा निर्मित यो फिल्म २०१८ मा प्रदर्शनमा आउने बताइएको छ ।