मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

‘क्याप्टेन’मा अनमोल फुटबल खेलाडी बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/12/10
 
हाल 'कृ'को छायांकनमा व्यस्त नायक अनमोल केसी अब फुटबल खेलाडी बन्ने भएका छन् । उनी नयाँ फिल्म ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिन लागेका हुन् । स्रोतका अनुसार, आइवार यो नाम चलचित्र विकास बोर्डमा दर्ता गराइएको छ । 
 
यो फिल्मलाई 'ऐश्वर्य' फेम निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । अर्को वर्षको भदौको तीजमा प्रदर्शन गर्ने गरि फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरु हुनेछ ।
 
काजल फिल्मस् बाट निर्माण हुने फिल्मको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेखेका हुन् । ‘क्याप्टेन’मा अनमोलको अपोजिटका लागि नायिका भने तय भइसकेको छैन । फिल्म 'कृ' रिलिजको एक सातापछि अनमोल ‘क्याप्टेन’का लागि पूर्व प्रस्थान गर्नेछन् । 
 
अनमोल केही दिनमा नै फ्रेमिङका लागि झापा जाने तयारीमा छन् । अनमोल अभिनीत फिल्म 'कृ' माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।