मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विद्यार्थीमाझ पुग्यो ‘फिर्के’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/10
 
पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ले आफ्नो प्रचार-प्रसार तिव्र बनाउँदै लगेको छ । राजधानीभित्र हुने गरेका विभिन्न कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाइरहेको ‘फिर्के’ टोलीले आइतवार विद्यार्थीलाई फिल्मको विषयमा जानकारी गरायो । 
 
ठमेलमा आयोजित एक आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण कार्यक्रममा ‘फिर्के’का कलाकार तथा निर्माता सुलेमान शंकर 'ईकु', निर्देशक रवि डंगोल र नव-नायिका क्रिष्टिना पौडेलले राजधानीका विभिन्न कलेजबाट आएका विद्यार्थीहरुलाई फिल्मको टिसर्टसहित ‘फिर्के’को विषयमा जानकारी दिए । 
 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै ईकुले भने, ‘विद्यार्थीहरु ‘फिर्के’ हेर्न निकै उत्साहित हुनुहुन्छ । प्रचार-प्रसारको क्रममा धेरैलाई फिल्म पुष २१ गतेबाट हलमा लाग्ने कुरा जानकारी भएको सुन्न पाउँदा निकै खुसी लागेको छ ।’ उनले गीत र ट्रेलरबाट पाएको सकारात्मक प्रतिक्रियाका कारण फिल्मलाई पनि दर्शकहरुले मनपराउनेमा विश्वस्त रहेको बताए ।  
 
‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
 
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस फिल्ममा दुई गीत रहेका छन् ।