मिति : २०७४ माघ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माई लभ’ हेर्दा जापान जाने अवसर

फिल्मीखबर, काठमाण्डौ, 2017/12/10
 
२०७२ सालको विनाशकारी भुकम्पको कथामा निर्माण भएको फिल्म ‘माई लभ’ मंसिर २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचार-प्रसारका लागि अहिले ‘माई लभ’ टीम पोखरा पुगेको छ ।
 
पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्मका अभिनेता तथा निर्माता गणेश लामाले ‘माई लभ’ एउटा सामान्य फिल्म मात्र नभएर आगामी पुस्ताका लागि एउटा महत्वपूर्ण दस्तावेज समेत भएको बताए । भुकम्पपछि जापानले देखाएको सहानुभुती र सहयोगको कथा फिल्मले पेश गरेको छ । 
 
अभिनेत्री शितल श्रेष्ठले महत्वपुर्ण र जटिल बिषय उठाएको फिल्मबाट डेब्यु गर्न पाउने सौभाग्य प्राप्त गरेकोमा खुसी व्यक्त गरिन् । फिल्मलाई डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् । गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगायतका कलाकारहरुले फिल्ममा अभिनय गरेका छन् ।  
 
प्रचार-प्रसारलाई आक्रामक बनाउने क्रममा ‘माई लभ’ निर्माण पक्षले फिल्म हेरिसकेका दर्शकहरुमध्ये गोलाप्रथाद्वारा भाग्यशाली एक जनालाई जापान जाने अवसर दिने भएको छ । फिल्म हेरेका दर्शकले टिकट नं. र हलको नामसहित ‘माई लभ’को फेसबुक पेजमा इनबक्स गर्नुपर्नेछ ।
 
एक जना भाग्यशाली दर्शकले आगामी अप्रिल २५ तारिखमा जापानमा हुन लागेको ‘माई लभ’को प्रिमियरमा सहभागी हुने मौका पाउनेछन् ।