Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा चम्कियो ‘फुकरे रिटर्न्स’

एजेन्सी, मुम्बई, 2017/12/10
 
शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘फुकरे रिटर्न्स’ले बक्स अफिसमा सुरुवाती दुई दिनमा आक्रामक कलेक्सन गरेको छ । फिल्मले दोस्रो दिन पहिलो दिनको तुलनामा धेरै विजनेश गर्न सफल भएको छ । 
 
पहिलो दिन ८ करोड १० लाख कलेक्सन गरेको यो फिल्मले दोस्रो दिन ११ करोड ३० लाख विजनेश गर्‍यो । फिल्मलाई रेटिङ र रिभ्यू पनि निकै राम्रो मिलेको छ । फिल्मले दुई दिनमा कूल १९ करोड ४० लाख कमाई गरेको छ ।
 
फिल्मको पूरा टीम ‘फुकरे रिटर्न्स’को सानदार सफलताबाट निकै खुसी देखिएको छ । फिल्मको बजेट अनुसार यति कमाई कुनै ब्लकबस्टरभन्दा कम होइन । कम लगानीमा निर्माण भएको ‘फुकरे रिटर्न्स’ले अब धेरै मुनाफा कमाउने 'हाउसफुल', 'धमाल', 'गोलमाल' र 'जुडवा' जस्ता फिल्मको लिस्टमा प्रवेश पाएको छ । 
 
यो फिल्ममा ऋचा चड्ढा, पुलकित सम्राट, अली फजल, मनजोत सिंह, पंकज त्रिपाठी र मकरन्द देशपान्डेको मुख्य भूमिका छ । यसलाई मृगदीप सिंह लाम्बाले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)