मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिर २९ मा फिल्मको ताँती

फिल्मीखबर, काठमाण्डौ, 2017/12/10
 
मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण चर्चामा रहेका कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन् । मंसिर १ गते 'झ्यानाकुटी' र २२ गते फिल्म 'दिपज्योती' हलमा लागेपनि यी दुवै फिल्मले दर्शकको साथ पाएनन् । 
 
चुनावको चेपुवामा पर्ने डरले निर्माताहरु कुना पस्दा मंसिर महिनामा हल सञ्चालकहरुले पूराना नेपाली र भोजपुरी फिल्म चलाउन बाध्य भएका छन् । तर, यस महिनाको अन्तिम साता अर्थात्, मंसिर २९ गते भने झन्डै चार फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् । 
 
विवाहपछि कमब्याक गरेकी नायिका ऋचा सिंह ठकुरी स्टारर फिल्म 'सुपर गोर्खे', भूकम्पको कथामा निर्माण भएको 'माई लभ' र दीलिप रायमाझी अभिनीत फिल्म 'गोरे' यो मितिमा एकसाथ प्रदर्शन हुँदैछन् । यस्तै, मंसिर २९ मा ‘डेस्टिनेशन काठमाण्डौ’ पनि प्रदर्शनमा आउने चर्चा छ । 
 
यो फिल्ममा झरना थापा र दीलिप रायमाझीको अभिनय छ । यदी ‘डेस्टिनेशन काठमाण्डौ’ पनि मैदानमा उत्रिए मंसिर २९ गते चार फिल्मको महासंग्राम हुनेछ । पुष पहिलो साता सलमान खान स्टारर फिल्म 'टाइगर जिन्दा हे'ले भने नेपाली हलमा सोलो रिलिजको मौका पाएको छ ।