मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरलाई लिएर रोहितले घोषणा गरे ‘सिम्बा’

एजेन्सी, मुम्बई, 2017/12/09
 
यस वर्ष 'गोलमाल रिटर्न्स' जस्तो सुपरहिट फिल्म दिएका बलिउडका चर्चित निर्देशक रोहित शेट्टीले नयाँ फिल्मको घोषणा गरेका छन् । रोहितले निर्देशन गर्ने नयाँ फिल्मको नाम हो ‘सिम्बा’ । यो फिल्ममा बलिउड स्टार रणवीर सिंह पुलिस अफिसरको भूमिकामा देखिँदैछन् । 
 
‘सिम्बा’लाई रोहित र करन जोहरले संयूक्त रुपमा निर्माण गर्दैछन् । शुक्रवार करनले सोसल मिडियामार्फत फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । धर्मा प्रोडक्शन र रोहित शेट्टीसँग रणवीरको यो पहिलो फिल्म हो । 
 
'पद्मावती' विवादमा फसेका रणवीर सिंहका फ्यानका लागि यो खुसीको खबर हुन सक्छ । ‘सिम्बा’ साउथ फिल्म 'टेम्पर'को रिमेक हो, जसमा जूनियर एनटीआर र काजल अग्रवाल मुख्य भूमिकामा थिए । अहिलेसम्म यो फिल्मका लागि रणवीरको अपोजिटमा हिरोइन फाइनल गरिएको छैन ।  
 
 
यसअघि रोहितले पुलिसको भूमिका भएको 'सिंघम' र 'सिंघम रिटन्र्स' बनाइसकेका छन् । यी दुवै फिल्म सुपरहिट भएका थिए । यसमा अजय देवगनको मुख्य भूमिका थियो । रणवीरको ‘सिम्बा’ अर्को वर्षको २८ डिसेम्बरमा रिलिज हुनेछ ।