मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

कसलाई पछ्याउँछन् अनमोल ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/09
 
रमाइला क्षणहरू सेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ सामाजिक सञ्जाल । कसैसँग खुसी हुँदा धन्यवाद भन्न होस् या कसैसँग रिस उठ्दा रिस पोख्न, सामाजिक सञ्जाल सहयोगी बनेको छ । एक्लै हुँदा पनि सामाजिक बन्न सघाउने साथी बनेको छ । फेसबुक, ट्विटर, इन्स्टाग्राम युवाहरूले बढी प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् । 
 
यसबाट विश्वका प्रख्यात व्यक्तिहरु पनि अछुतो रहन सकेका छैनन् । नेपालमा पनि लाखौं व्यक्तिहरु सामाजिक सञ्जालमा सक्रिय रहने गर्छन् । राजनीतिज्ञ हुन् वा कलाकार, धनाड्य हुन् वा साधारण मानिस सबैको प्रिय साथी बनेको छ फेसबुक, ट्विटर र इन्स्टाग्राम । युवा पुस्तामाझ सर्वाधिक लोकप्रिय नायक अनमोल केसी पनि सामाजिक सञ्जालमा रमाउने गर्छन् । धेरै स्टाटस र फोटोहरु शेयर नगर्ने अनमोलका लाखौं फलोअर्स छन् । 
 
इन्स्टाग्राममा उनका १ लाख ६५ हजार फलोअर्स छन् भने उनले ४ सय ८९ जनालाई फलो गर्छन् । नेपालका धेरै युवा-युवतीका ढुकुढुकी अनमोलले चाहिं रुचाएका मान्छे को हुन् ? उनले इन्टाग्राममा हलिउड, बलिउड र नेपाली कलाकारलाई बढी फलो गर्दा रहेछन् । 
 
उनले बलिउडस्टार सलमान खान, शाहरुख खान, सन्नी लियोन, ऋतिक रोशन, वरुण धवन, कैटरीना कैफ, नगरिस फाखरी, टाइगर श्राफ, श्रद्धा कपुर, सोनम कपुर, रणवीर सिंह, एमी ज्याकसन, शाहिद कपुर, प्रियंका चोपडा, दीपिका पादुकोण लगायतलाई इन्स्टामा फलो गरेका छन् । म्यूजिकका निकै सौखिन अनमोलले प्रायः हलिउडका चर्चित खेलाडी, गायक-गायिका तथा लोकप्रिय म्यूजिक ब्यान्डलाई पछ्याउँछन् । 
 
 
उनले इन्स्टाग्राममा हलिउड म्यूजिक डाइरेक्टर अलेस्सो, हलिउड अभिनेत्री एमिली, चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो, अर्जेन्टीनाका स्टार खेलाडी लियोन मेस्सी, हलिउड गायक अदम लिभिनी, गायक तथा लेखक जेन मालिक, आर्ट डाइरेक्टर टोनी महफुद, मार्शल आर्ट कलाकार तथा अभिनेता ब्रूस ली, डिजे अर्मिन वन बूरेन आदिलाई फलो गरेका छन् । 
 
उनले नेपाली सेलिव्रेटीलाई पनि उतिक्कै फलो गरेका छन् । अनमोलले सृष्टि श्रेष्ठ, एलिसा राई, भुवन केसी, सुनिल थापा, सारा सिर्पाली, सुस्मिता बम्जन, पूजा शर्मा, वर्षा सिवाकोटी, चन्द्र पन्त, सुरविना कार्की, सम्पदा बानियाँ, अनु शाह, दयाहाङ राई, साकार ओझा, अनुपविक्रम शाही, वर्षा राउत, संयम पुरी, प्रवल गुरुङ, नम्रता सापकोटा लगायतलाई फलो गरेका छन् । यतिमात्र होइन उनले नायिका झरना थापाकी छोरी सुहाना थापालाई समेत इन्स्टामा पछ्याएका छन् ।
 
झन्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका अनमोल अभिनीत फिल्म 'कृ' माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।