Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘मट्टिमाला’मा रजनीसँग बुद्धिको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2017/12/09
 
कलाकार बुद्धि तामाङ ‘हैट’ र रजनी गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘मट्टिमाला’ को इन्डक्ल्याप भएको छ । सिन्धुलीगढीमा एक गीत खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक टेके पौरखीले जानकारी दिए । तीन महिना लगाएर काठमाडौं, काभ्रे, कुलेखानी लगायतका ठाउँहरुमा फिल्मको छायांकन गरिएको हो । 
 
‘मट्टिमाला’को कथाले गाउँ र शहरको जीवनयापनमा आउने फरक र युद्ध बोल्छ । निर्देशक राई भन्छन्, ‘एउटा गाउँमा जीवनयापन गर्ने युवा र शहरमा जीवनयापन गर्ने युवाहरुको कथामा यो फिल्म निर्माण गरिएको हो । फिल्ममा द्धन्द्ध, मनोरञ्जन र मायाप्रेम सबै पाउनु हुनेछ ।’ उनका अनुसार फिल्मका मुख्य कलाकार बुद्धि तामाङ गाउँले युवाको भूमिकामा देखिनेछन् । 
 
फिल्ममा बुद्धि र रजनीको साथमा चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्य लगायतको अभिनय रहेको छ ।
 
‘मट्टिमाला’को कथा निर्देशक राई स्वंमले लेखेका हुन् भने पृथ्वी राईको फिल्ममा लगानी छ । राहुल राईले खिचेको यो फिल्मलाई अनिल कुमार महर्जनले सम्पादन गर्नेछन् । फिल्मलाई यसैबर्षको अन्तिममा प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म युनिटले बताएको छ । 
Most Visited News (monthly)