मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘हुर्रे’ गीतमा केकीसँग राजारामको ठुम्का !

फिल्मीखबर, काठमाण्डौ, 2017/12/08
 
 
फागुन २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘हुर्रे’को पहिलो गीत सार्वजनिक भएको छ । 'ठेकीमा दही' बोलको गीतमा नायिका केकी अधिकारीले आफूभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसँग ठुम्का लगाएकी छिन् । गीतको भिडियो केकी र राजारामसँगै अर्का मुख्य अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।
 
सार्वजनिक गीतमा राजनराज शिवाकोटी र  मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् ।
 
यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको पनि अभिनय छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् । 
 
फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् ।
 
भिडियो :-