मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘अमिताभ बच्चनबाट प्रभावित छु’ : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2017/12/08
 
केहीवर्ष यता फिल्मी पर्दाभन्दा देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त रहेका नायक राजेश हमाल अहिले भारत भ्रमणमा छन् । केहीदिन अगाडि भारतको चण्डिगढमा पुग्दा हमाल हजारौं नेपाली तर भारतीय दर्शकमाझ घेरिएका थिए । 
 
नेपालसँगै छिमेकी मुलुकमा पनि आफूलाई मनपराउने दर्शकसँग साक्षात्कार गर्ने पाउँदा निकै खुसी महशुस गरेको हमाल बताउँछन् । हालैमा भारतको एक टेलिभिजनसँग कुराकानीको क्रममा वर्षौदेखि फिल्ममा अभिनय गरेपनि यसरि दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न नपाएको बताए । 
 
उनले भने, ‘एकसमय १८ घण्टासम्म फिल्ममा काम गरेँ । त्यसबेला दर्शकसँग खासै प्रत्यक्ष भेटघाट हुने मौका पाइन्न थियो । अहिले समय निकालेर देश तथा विदेशमा रहनुभएका नेपालीहरुसँग भेट गर्न पाउँदा निकै खुसी लागेको छ ।’ 
 
भारतीय फिल्मका कुन कलाकार निकै मन पर्छ ? भन्ने भारतीय मिडियाका एक संवाददाताको प्रश्नमा हमालले भने, ‘भारतीय सिनेमा विश्वभर नै चर्चित छ । म पनि निकै हेर्छु । मलाई सबै भारतीय कलाकारहरु मन पर्छ । विशेषत: म अमिताभ बच्चनबाट धेरै नै प्रभावित छु ।’ 
 
श्रीमती मधु भट्टराईसँग झन्डै दुई सातादेखि भारत भ्रमणमा रहेका हमालले बिहीवार भएको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो मत खसाल्न पाएनन् । उनी चाँडै आफ्नो लगानी र निर्देशनमा फिल्म निर्माण गर्दैछन् ।