Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरोज र रजनीको ‘दिपज्योती’ हलमा

फिल्मीखबर, काठमाण्डौ, 2017/12/08
 
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण मंसिर महिनामा चर्चामा रहेका कुनै पनि फिल्म प्रदर्शनमा आएनन् । चुवानको चेपुवामा पर्ने डरले निर्माताहरु कुना पस्दा आजबाट भने देशभरका करीब ८० बढी हलहरुबाट फिल्म ‘दिपज्योती’ले प्रदर्शन आरम्भ गरेको छ । 
 
सोलो रिलिजको मौका छोप्दै प्रदर्शनमा आएको यो फिल्ममा खुश्वु खड्का, रजनी केसी, सरोज खनाल, नीर शाह, प्रमोद द्विप, पुश्कर रेग्मी, दिपेन्द्र कोईराला, सुमित थापा, प्रिती बुढाथोकी लगायतको अभिनय छ । 
 
एनपी फिल्मस् को व्यानरमा बनेको ‘दिपज्योती’लाई नारायण मैनालीले निर्देशन गरेका हुन् । यो फिल्ममा रामजी लामिछानेको नृत्य तथा सम्राट बस्नेतको द्वन्द्व समावेश छ । रामशरण उप्रेती र राहुल राईले फिल्म खिचेका छन् ।
 
प्रेमको लागी आवश्यक त्याग तथा त्यससँगै उत्पन्न परिस्थितीले निम्त्याउने द्वन्द्वको वरिपरी फिल्म घुमेको छ । कृष्ण खनाल प्रस्तुतकर्ता रहेको फिल्ममा निरन्जन ठाकुर र अञ्जना राई ठकुरी निर्माता छन् । ‘दिपज्योती’को कार्यकारी निर्माता रामकृष्ण अधिकारी हुन् । 
Most Visited News (monthly)