मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रियाल रिंगेट’मा प्रमोद र नीताको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/12/08
 
वैदेशिक रोजगारका लागि खाडी मुलुकमा श्रम बेचिरहेका नेपाली युवाको यथार्थ कथामा फिल्म 'रियाल रिंगेट' निर्माण हुने भएको छ । हाल यो फिल्मको पूर्वका विभिन्न जिल्लाहरुमा छायांकन भइरहेको छ । 
 
दीपक अधिकारीको डेब्यु निर्देशनमा बनिरहेको फिल्ममा प्रमोद भारद्वाज, नीता ढुंगाना, छुल्ठिम गुरुङ, रामचन्द्र अधिकारी, रविन्द्र खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ । अरु फिल्मभन्दा 'रियाल रिंगेट'को कथा फरक रहेको नायक प्रमोदलले जानकारी दिए । 
 
उनले भने, 'फिल्मको नाम 'रियाल रिंगेट' राखिएकाले कतार र मलेशियाको मात्र कथा रहेछ भन्ने लाग्न सक्छ तर फिल्मले विदेशियका ४० लाख युवाको प्रतिनिधित्व गर्छ । फिल्ममा कसरि लाखौं युवा खाडी मुलुकमा पलायन हुन बाध्य भएका छन् भन्ने देखाइएको छ ।' 
 
प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई जीवनकृष्ण बेघाले निर्माण गरेका हुन् । फिल्मले विदेशियका युवाको बाध्यात्मक परिस्थितिसँगै एक जोडीको प्रेमकथा पनि बोल्नेछ । 
 
करीब ७० लाख लागतमा निर्माण हुन लागेको फिल्मको पूर्वको दमक, विर्तामोड, पथरी, इलामको कन्याम लगायतका ठाउँमा छायांकन हुने निर्देशक अधिकारीले जानकारी दिए ।