मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीलिप र अनुलाई ‘गोरे’को भर

फिल्मीखबर, काठमाण्डौ, 2017/12/07
 
एकसमय नेपाली फिल्ममा नायक दीलिप रायमाझीको राम्रै चमकधमक थियो । नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्नुमा दीलिपको पनि निकै ठूलो योगदान छ । एकसमय सफल नायकको रुपमा स्थापित दीलिप पछिल्लो समय भने पूरै सुस्ताएको देख्न सकिन्छ । स-परिवारसहित अमेरिका बस्न थालेपछि उनको नेपाली फिल्ममा व्यस्तता कम भएको हो । 
 
केही वर्षदेखि पर्दामा नदेखिएका नायक रायमाझी चाँडै ‘गोरे’ बनेर फिल्ममा कमब्याक गर्दैछन् । फिल्म ‘गोरे’मा दीलिपले शिर्ष भुमिका निर्वाह गरेका छन् । गाउँले परिवेशदेखि शहरीया परिवेशसम्मको क्यारेक्टर अथवा सोझो गोरेदेखि स्मार्ट गोरेसम्मको अभिनय उनले फिल्म ‘गोरे’मा गरेका छन् । फिल्मको कथा नै दीलिप रायमाझीका लागि लेखिएको र यस्तो क्यारेक्टर उनी बाहेक अरुले गर्न नसक्ने निर्देशक रामेश कुमार राई बताउँछन् । 
 
मंसिर २९ गतेबाट प्रर्दशनमा आउन लागेको ‘गोरे’मा दिलिपसँगै अनु शाह, राकेश कुमार राई, गुनु घर्ती लगायतका कलाकारको अभिनय रहेको छ । पछिल्लो समय आफू अभिनीत फिल्महरु लगातार असफल भइरहेको अवस्थामा दीलिपका लागि ‘गोरे’ जसरी पनि हिट हुन आवश्यक छ । दीलिपसँगै नायिका अनु पनि ‘गोरे’ले आफ्नो सुस्ताएको फिल्मी करिअर माथी उठाउनेमा विश्वस्त छिन् । 
 
 
सुर्य जिसिको प्रस्तुती तथा रुपा जिसिको निर्माण रहेको फिल्मलाई हरिनारायण चौधरीले छायांकन गरेका हुन् भने लेखन शंकर अधिकारी 'घायल'को रहेको छ । फिल्मका गीतमा बिकाश चौधरीको संगीत सुन्न सकिन्छ ।