'बिग बोस' सीजन ११ मा कैटरीना कैफसँग धमाकेदार डान्स परफर्मेन्सपछि सलमान खान कोरियोग्राफर रेमो डिसूजाको शो 'डान्स च्याम्पियन्स'मा पुगेका छन् । शोको एपिसोडमा चाँडै कैटरीना र सलमान अली अब्बास जफर निर्देशित फिल्म ‘टाइगर जिन्दा हे’ लाई प्रमोट गर्दै देखिनेछन् ।
हालैमा कैटरीनाको एक तश्वीर सामाजिक सञ्जालमा खुब भाइरल भएको छ । तश्वीरमा कैटरीना जज प्यानलमा बसेकी छिन् र उनी निकै भावुक भएकी छिन् । उनको आँखाबाट आँसु झरिरहेको छ र सलमान खान उनको छेवैमा बसेका छन् । पाँच वर्षपछिको लामो प्रतिक्षापछि सलमान खान र कैटरीना कैफको जोडी फिल्म 'टाइगर जिन्दा हे'बाट पर्दामा फर्किएको छ ।
शोको क्रममा कैटरीना यतिधेरै इमोशनल भईन् कि यसको छायांकन बीचमै रोक्नु पर्यो । मीडिया रिपोर्ट्सका अनुसार, शोका कन्टेस्टेन्ट तथा नेपाली युवा सुशान्त खत्रीको डान्स हेरेपछि कैटरीनाले आँसु रोक्न सकेकी थिइनन् । सुशान्तले सलमान खानको फिल्म 'तेरे नाम'को गीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कैटरीना निकै भावुक भएपछि शोको करीब १० मिनेटसम्म सुटिङ रोकिएको थियो ।
सुटिङ सुरु हुने वितिक्कै सलमान खान स्टेजमा पुगेर सुशान्तसँग आफ्नो फिल्म 'सुल्तान'को गीत 'जग घुमिया..' मा नृत्य गरे । सलमानले यस्तो कैटरीनाको मूड सुधार्नका लागि गरेका थिए । अचानक सलमानलाई स्टेजमा डान्स गरेको देखेपछि कैटरीना मुर्छा परेर हाँसेकी थिइन् ।
क्रिसमसमा रिलिज हुन लागेको 'टाइगर जिन्दा हे'को ट्रेलर र गीतलाई यतिबेला दर्शकहरुले निकै रुचाएका छन् । कैटरीना-सलमान अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् ।